सदस्य

रामेश्वर प्रसाद कलवार
- कार्यरत
पन्जाब विश्वविद्यालयबाट इलेक्ट्रिक इन्जिनियरिङ्ग सङ्कायमा स्नातक तह तथा त्रिभुवन विश्वविद्यालयबाट कानुनको विषयमा स्नातक तह उत्तीर्ण हुनुभएका सदस्य श्री रामेश्वरप्रसाद कलवारले पोखरा विश्वविद्यालयबाट प्राकृतिक स्रोत व्यवस्थापन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ।
नेपाल विद्युत प्राधिकरणमा ३३ वर्ष लामो कार्य–अनुभव बटुल्नुभएका उहाँले विगतमा उक्त संस्थाको आयोजना व्यवस्थापन विभाग, प्रशिक्षण केन्द्र विभाग तथा काठमाडौँ क्षेत्रीय कार्यालयको प्रमुखको भूमिका निभाउनुभएको छ। उहाँले सामुदायिक तथा ग्रामीण विद्युतीकरण विभागमा कार्यारत रहँदा उमेर हदको कारण अनिवार्य अवकाश लिनुभएको हो।
यसका अतिरिक्त, सदस्य कलवार नेपाल मध्यस्थता परिषद् (नेप्का) को आजीवन सदस्य हुनुको साथै उहाँ नेप्काद्वारा सुचीकृत क्रियाशील मध्यस्थकर्ता पनि हुनुहुन्छ। उच्च अदालत, पाटनको सुचीकृत मध्यस्थताकर्ता पनि रहनुभएका सदस्य कलवार पाटन उच्च अदालत, नेप्का तथा अन्य सम्बन्धित पार्टीद्वारा एकल मध्यस्थताकर्ता तथा मध्यस्थता ट्रिब्युनल सदस्यको रूपमा नियुक्त भई विभिन्न समाधानको कार्यमा संलग्न हुनुभएको छ। साथै, उहाँले Technical Advisor र मेलमिलापकर्ताको तालिमसमेत लिनुभएको छ।
सदस्य कलवारले हाल विद्युत नियमन आयोगको प्राविधिक तथा इन्जिनियरिङ्ग सम्बन्धी जिम्मेवारी सम्हाल्नुभएको छ।