प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति २०७६/०६/१६

विद्य‌ुत नियमन आयोग
प्रेस विज्ञप्ति

विद्य‌ुत नियमन आयोगको मिति २०७६/०६/१५ को बैठक अनुसार बिद्युत नियमन आयोग ऐन २०७४ को दफा ४२ अनुसार बिद्युत खरिद बिक्रि तथा अनुमति प्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धि बिनियमावली २०७६ जारी गरेको छ । यस बिनियमावली तयार गर्दा आयोगमा प्राप्त सुझाबहरु, बिभिन्न सरोकारवालाहरुसंग गरिएको छलफल तथा अन्तरक्रिया,नेपाल सरकारको “राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक सम्बन्धी अवधारणा पत्र एवम् कार्य योजना, २०७२”एवं उर्जा क्षेत्र सम्बन्धि नीतिगत व्यवस्था समेतलाई मध्यनजर गरिएको छ ।बिनियमावलीमा तल उल्लिखित बिषयहरु समेटिएका छन्:

  • १. बिद्युत खरिद बिक्रि सम्बन्धि प्रावधान
  • २. बिद्युत खरिद तथा प्रक्षेपण
  • ३. बिद्युत खरिद दरको निर्धारण तथा बिद्युत खरिद सम्झौताको सहमति
  • ४. शेयर संरचना परिवर्तनको स्वीकृति
  • ५. सेवा प्रवाभाकरिता तथा सुरक्षा
  • ६. अनुपालन तथा अनुगमन
  • ७. अनुमति प्राप्त व्यक्तिको वित्तीय बिवरण, आन्तरिक नियन्त्रण तथा संस्थागत शुसाशन

 

बिनियमावलीको बिस्तृत विवरण आयोगको वेबसाइट www.erc.gov.np बाट download गर्न सकिनेछ ।

नुतन प्रकाश शर्मा
सचिव
विद्य‌ुत नियमन आयोग