Electricity Regulatory Commission

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • परिचय
    • दूरद‌ृष्टि/लक्ष्य
    • संगठनात्मक संरचना
    • अध्यक्ष तथा सदस्यहरू
    • कर्मचारी विवरण
  • कानून र नियम
    • ऐन तथा नियमावली
    • विनियमावली
    • निर्देशिका
  • प्रकाशनहरू
    • वार्षिक प्रतिवेदन
    • ब्रोसर
    • अन्य प्रकाशनहरु
  • महसुल
    • पूर्ण पाठ
    • उपभोक्ता महसुल दर
    • आफ्नो बिजुली बिल जान्नुहोस्
  • डाउनलोड्स
    • कागजात
  • सूचना पाटी
    • बोलपत्र
    • सार्वजनिक सुनुवाई
    • गुनासो
    • अन्य सूचनाहरू
  • निवेदन
    • शेयरको प्रारम्भिक निस्कासनको पूर्वस्वीकृति
    • हकप्रद शेयरको सार्वजनिक निस्कासनको पूर्वस्वीकृति
    • विद्य‌ुत खरिद बिक्री सम्झौताको स्वीकृति
    • विद्य‌ुत खरिद बिक्री सम्झौतामा संशोधन
    • विवाद समाधान
    • शेयर संरचना परिवर्तनको स्वीकृति
    • महसुल निर्धारण
    • गाभिने तथा हस्तान्तरण सम्बन्धी पूर्वस्वीकृति
    • अन्य निवेदन स्थिति
  • ग्यालरी
    • फोटो
    • अडियो
    • भिडियो
  • सम्पर्क
ENGLISH

अध्यक्ष

दिल्ली बहादुर सिंह
- कार्यरत

सन् १९८१ मा भारतबाट सिभिल इन्जिनियरिङ्ग सङ्कायमा स्नातक तह उत्तीर्ण गर्नुभएका अध्यक्ष श्री दिल्लीबहादुर सिंहले सन् १९९४ मा अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयबाट इन्जिनियरिङ्ग तथा प्रविधि व्यवस्थापन विषयमा स्नातकोत्तर उतीर्ण गर्नुभएको हो।

आफ्नो जीवनको ३९ वर्षको कार्यानुभव बटुल्नुभएको र त्यसमा पनि ३३ वर्ष राष्ट्रसेवक कर्मचारीको रूपमा बिताउनुभएका आयोगका अध्यक्ष सिंहले विगतमा विद्युत विकास विभागको महानिर्देशक एवं जल तथा ऊर्जा आयोगको सचिवालयको सह–सचिव जस्ता महत्वपूर्ण जिम्मेवारीहरू सम्हाल्नुभएको थियो। उहाँले आफ्नो कार्यकालमा ऊर्जा तथा जलविद्युत क्षेत्रको कोसे ढुङ्गा साबित भएका आयोजनाहरूको योजना, विकास तथा निर्माण कार्यमा सहभागी भई नेपालको ऊर्जा क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएको छ। 

६,७२० मेगावाट क्षमताको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको निर्देशकको रूपमा समेत जिम्मेवारी बहन गर्नुभएका उहाँले मर्स्याङ्गदी जलविद्युत आयोजना (६९ मेगावाट) को निर्माण कार्यमा संलग्न रहनुभएको थियो भने समग्र विद्युत क्षेत्रको विकास गर्ने कार्यको सिलसिलामा विभिन्न जलविद्युत आयोजनाहरूको सम्भाव्यता अध्ययन, वातावारणीय अध्ययन, दसौँ पञ्च वर्षीय योजना, नीति, ऐन, नियम तर्जुमा गर्ने कार्यमा समेत संलग्न रहनुभएको थियो। २०३८ सालमा ३ वटा खानेपानी योजनाका योजना प्रमुख भई अनुभव हासिल गरेका श्री सिंहले जलस्रोत मन्त्रालयमा वातावरण शाखा प्रमुख तथा नीति शाखा प्रमुख भई कार्यरत रहनुभएको थियो भने विद्युत विकास विभागमा योजना तथा आयोजना अध्ययन महाशाखा प्रमुख, उप–महानिर्देशक तथा महानिर्देशकको रूपमा कार्यरत रहनुभएको थियो। यस दौरानमा उहाँ जर्मन सरकारको जी.टी.जेड्, नर्वे सरकारको नोराड र अमेरिकी सरकारको यू.एस.एड.द्वारा सञ्चालित सारी प्रोग्रामको काउन्टरपार्ट भएर सफलतापूर्वक कार्यसम्पादन गर्नुभएको थियो।

यसका अतिरिक्त, उहाँले विद्युत तथा ऊर्जासम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय मञ्च तथा समितिहरूका बैठकहरूमा नेपाललाई प्रतिनिधित्व गर्दै आफ्नो अनुभव तथा कार्यदक्षताको परिचय दिनुभएको छ। विद्युत विकास विभागद्वारा विकास गरिने बुढी गङ्गा जलविद्युत आयोजनाको ऋण सम्झौता गर्न टोली प्रमुख भई रियादमा “अरब आर्थिक विकासको लागि साउदी फन्ड“ सँग वार्ता गरेर “सफ्ट लोन“ ल्याउन सफल हुनुभएको थियो। उहाँले सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय परियोजनाको लागि नेपाल भारतका विशेषज्ञहरूको संयुक्त टोलीको १२औँ बैठकमा टोली प्रमुखको रूपमा नेपालको प्रतिनिधित्व गर्नुका साथै नेपाल भारत जलस्रोतसम्बन्धी संयुक्त समितिका तेस्रो, चौँथो र पाँचौँ बैठकहरू र नेपाल भारत संयुक्त स्थायी प्राविधिक समितिको दोस्रो बैठक जस्ता बृहत् राष्ट्रिय महत्वका बैठकहरूमा समेत सहभागी हुनुभएको थियो। अध्यक्ष सिंह ईश्वी सम्वत् २००३ देखि २००८ सम्म नेपाल सरकारको प्रतिनिधित्व गर्दै नेपाल भारत ऊर्जा आदानप्रदान समितिको सदस्यसमेत रहनुभएको थियो। त्यसै गरी श्री सिंह २००९ देखि हालसम्म अनवरत रूपले चीनको हाङझाउमा अवस्थित International Network On Small Hydropower  -IN–SHP_ को निर्वाचित “बोर्ड अफ डाइरेक्टर“ हुनुहुन्छ। 

अध्यक्ष सिंहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रमुख वक्ता -Keynote Speaker_ को रूपमा आफ्ना विचारहरू प्रस्तुत गर्ने तथा क्षेत्र विशेषका अनुसन्धनात्मक तथा विवेचनात्मक दस्तावेज प्रस्तुत -Paper Presentation_ गर्ने सम्बन्धमा समेत प्रशस्त अनुभव बटुल्नुभएको छ। उहाँले अन्तर्राष्ट्रिय/राष्ट्रिय सभा, सम्मेलन, सेमिनार, सिम्पोजियम आदिमा सहभागिता जनाई ऊर्जा, दिगो विकास, जलविद्युत तथा त्यसका वातावरणीय तथा सामाजिक प्रभावहरू तथा त्यसको न्यूनीकरणसम्बन्धी करिब ३ दर्जन कार्यपत्र, विचार तथा दस्तावेजहरू प्रस्तुत गर्नुभएको छ। कार्यपत्र प्रस्तुति तथा तालिमको सिलसिलामा उहाँले भारत, चीन, पोर्चुगल, इटाली, क्यानडा, इजिप्ट, अमेरिका, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्पेन, जर्जियालगायत विभिन्न ३७ वटा देशहरूको भ्रमण गर्नुभएको छ। 

आयोगको अध्यक्षको जिम्मेवारी सम्हाल्नुअघि अध्यक्ष सिंह सल्लाहकारको रूपमा एक अन्तर्राष्ट्रिय दातृ संस्थासँग आबद्ध रही नेपालको विद्युत क्षेत्रका आयोजनाहरूमा हुने गरेका ढिलाइलाई न्यूनीकरण गर्न पाइलट प्रोजेक्ट सञ्चालन गरी सफलता समेतहासिल गर्नुभएको थियो भने उहाँले प्रतिपादन गरेको मोडलको बारेमा पुस्तक पनि लेख्दै हुनुहुन्छ। 

श्री सिंह साहित्यिक क्षेत्रमा पनि त्यत्तिकै सबल हुनुहुन्छ र हालसम्म उहाँका ६ वटा पुस्तक “दिलु सिंह“का नामले प्रकाशित छन् भने सातौँ पुस्तक प्रकाशोन्मुख रहेको छ। त्यसै गरी, उहाँले हाल २ वटा पुस्तकहरू लेख्न थाल्नुभएको छ। 

विगतमा विद्युत महसुल निर्धारण आयोगका सदस्य सचिवसमेतको भूमिकामा रही नियमनको मामिलामा अनुभव बटुल्नुभएका उहाँ आयोगको प्रथम अध्यक्ष हुनुहुन्छ।

उपयोगी लिङ्कहरू
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

    • ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

      • जल तथा ऊर्जा आयोगको सचिवालय

        • लगानी बोर्डको कार्यालय

          • विद्युत विकास विभाग

            • नेपाल विद्युत प्राधिकरण

सम्पर्क
  • सानो गौचरण, काठमाडौं, नेपाल

  • +९७७-१-४५२२४४२, ४५३९००४, ४५४३३९०

  • +९७७-१-४५३२५८२

  • info@erc.gov.np

  • ERCNEPAL

  • ERCNEPAL

  • ERCNEPAL

सर्वाधिकार © विद्य‌ुत नियमन आयोग ।

Total Views: 1 0 4 8 9 6

Made with & designed by: PCS